भारतले जारी गरेको नक्साको विरुद्ध अनेरास्ववियूले सीमा नाकामै पुगेर प्रदर्शन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २१, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २१, भैरहवा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) भैरहवा बहमुखी क्याम्पस कमिटीले भारतले जारी गरेको नक्साको विरुद्ध शुक्रबार बिहान सीमा नाकामै पुगेर प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटीले बिहीवार क्याम्पस परिसरमा राखेको विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुका नेतृ लक्ष्मी के.सी.ले भारत सरकारले जारी गरेको राजनीतिक नक्शामा नेपालको भुभाग नै मिचिनु गम्भिर विषय भएको बताइन् । उनले नेपाल भारतको सीमा नाका बेलहियामा विरोध प्रदर्शन गर्ने बताइन् ।

के.सी.ले भारतले पटकपटक नेपालको भुभाग अतिक्रमण गरेर दबाउन खोजेको आरोप लगाइन् । इतिहासमा पनि नेपाली राष्ट्रको एक टुक्राको लागी ज्यान दिन तयार रहेका थियौ र अहिले पनि तयार रहेका छौं, उनले भनिन् ।

अनेरास्ववियू क्याम्पस कमिटीका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर वडा नम्बर १२ कमिटी सचिव सरोज ठकुरीले अनेरास्ववियूले नेपाल भारत सिमा नाका बेलहिया पुगेर भारतको सामुन्ने नै आफुहरुको असन्तुष्टी जाहेर गर्ने बताए । उनले बेलहियामा हुने विरोध कार्यक्रममा सबै युवा विद्यार्थीलाई सहभागि हुन आग्रह गरे ।

कार्यक्रममा बोल्दै क्याम्पस कमिटी निवर्तमान सचिव भिम भण्डारीले युवा तथा विद्यार्थीहरु देशको सार्वभौमसत्ता रक्षाको लागी गम्भिर हुनुपर्ने बताए । उनले भारतले जारी गरेको नक्शा नेपालको लागी अति नै डरलाग्दो विषय भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस