विराटनगर जुटमिल बिहीबारदेखि सञ्चालन गर्ने तयारी

Post Thumbnail

साउन २,विराटनगर । पटक पटक सञ्चालन र बन्द हुँदै आएको विराटनगर जुटमिल सञ्चालन गर्न फेरि तयारी भएको छ ।

बिहीबारदेखि सञ्चालनको तयारी गरिएको मिल सञ्चालक समितिका अध्यक्ष बसन्त वनले जानकारी दिए । ‘मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम एक साथ भइरहेको छ’,अध्यक्ष वनले भने ‘मिल परीक्षण अवधिका लागि चल्छउनले भने । उनले मिल सञ्चालनका लागि ११ केभिए लाइन बुधबार जडान भएको पनि उनले बताए ।

लामो समयदेखि बन्दको अबस्थामा रहेको मिलले विद्युत खपत गरेको पैसा नदिएपछि पछिल्लो समय ३ फागुनमा लाइन कटिएको थियो । मिल सञ्चालक समितिका अध्यक्ष वनका अनुसार बिहीबारदेखि परीक्षण स्वरुप दैनिक २० टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस