कालापानी अतिक्रमण विरुद्ध लेखकहरु सडकमा

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ कार्तिक २२, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कात्तिक २२, काठमाडौं । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत नेपाली भूभागमाथि हस्तक्षेप गरेको विरोधमा लेखक तथा साहित्यकारहरुको अभियान उन्मुक्त पुस्ताले सडकमा कविता वाचनसहित विरोध प्रदर्शन गरेको छ । उक्त अभियानले शुक्रबार काठमाडौँ, हेटौँडा र खोटाङमा विरोध प्रदर्शन तथा हस्तक्षेपविरुद्ध सडक कविता वाचन गरेको हो ।

काठमाडौँको शान्तिबाटिकामा भएको कार्यक्रममा मन्तव्य राख्दै कवि तथा गीतकार भूपाल राईले राष्ट्रवादी नारा लगाउने दलहरुका लागि अहिले परीक्षाको घडी सुरु भएको बताए । उन्मुक्त आन्दोलनले गरेको आन्तरिक विभेद र बाहिरी हस्तक्षेपविरुद्धको कार्यक्रममा सबैले साथ दिनुपर्ने उनले बताए । राईले भने, “यतिवेला सबै लेखक कवि एक जुट भएर राजनीतिक दललाई झक्झकाउने वेला हो, आन्तरिक राष्ट्रियता बलियो भए मात्र वैदेशिक हस्तक्षेपविरुद्ध लड्न सकिन्छ ।”

विरोध कार्यक्रममा कविहरु अभय श्रेष्ठ, ब्रिगेन्द्र वाइबा, मिसन अधिकारी, प्रेमिला राई, खेम आचार्य, केवल बिनाबी, मुक्तान थेबा, मोहन संग्राम लगायतले कविता सुनाएका थिए । उन्मुक्त पुस्ताले बिहिबार पनि लैनचौरमा प्रदर्शन र हस्तक्षेपविरुद्धका कविता वाचन गरेको थियो । सो प्रदर्शनमा लेखक राजन मुकारुङ सहभागी थिए ।

उन्मुक्त पुस्ता मकवानपुरले शुक्रबार नै हेटौँडाको बुद्धचौकमा प्रदर्शन तथा हस्तक्षेपविरुद्धका कविता वाचन गरेको  हिमाल खबरले लेखेको छछ । उक्त कार्यक्रममा निमेश निखिल, कौशल पाण्डे, सुवास खनाल, शान्ति प्रियबन्दना, पुरुषोत्तम आचार्य, यस लामा लगायतले कविता वाचन गरेका थिए ।

उता खोटाङको दिक्तेलमा पनि उन्मुक्त पुस्ताले हस्तक्षेप विरोधी कविता वाचन कार्यक्रम गरेको थियो । कार्यक्रममा सुशीला निनाम, किरात नाकारा, चित्र सुवेदी, ओमप्रकाश घिमिरे लगायतले कविता वाचन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस