साउन २,पोखरा । बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा आउन लागेका नेकपाले जनाएको छ ।
तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अवरोध गर्ने बताएको छ ।
केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए । ‘केन्ऽकै निर्णयअनुसार अवरुद्ध गर्न लागिएको हो । नेकपालाई जानकारी पनि गराइसकिएको छ’, उनले भने ‘बिहीबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’
प्रदेशसभा सांसद राजीव पहारीले देशको प्रधानमन्त्रीले प्रदेशको संसदमा सम्बोधन गर्नु एउटा अवसर भएकाले अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन् ।
‘देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अवरोध गर्नु उचित हुँदैन । कांग्रेसका लागि पनि यो एउटा अवसर हो,’ पहारीले भने, ‘कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन नै रोक्नु भन्नु कमिलाको प्वाँख पलाएजस्तै हो ।’