कात्तिक २३, काठमाडौं । पछिल्लो समय फिल्मको छायाँकन नहुँदै पोष्टर र मोसन टिजर सार्वजनिक गर्ने ट्रेन नै चलेको छ । यही ट्रेनको फलो फिल्म ‘प्रेम गीत ३’ निर्माण युनिटले समेत गरेको छ । कात्र्तिक २२ अर्थात शुक्रबारबाट छायाँकनका लागि फ्लोरमा निस्कने तयारी गरेको यो फिल्मले अहिले पोष्टर र मोसन टिजर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टर र टिजरमा अभिनेता प्रदीप खड्का मात्र देखिएका छन् । जसमा खड्कालाई योद्धा अवतारमा देख्न सकिन्छ ।
घोडामा सवार प्रदीको अनुहार रगतले लतपतिएको देखाइएको छ । उनको लुक्सले फिल्मप्रति जो कोहीको पनि कौतुहलता जाग्न सक्छ । चैत्र २८ प्रदर्शन मिति घोषणा गरिएको ‘प्रेमगीत ३’ नेपालमा बाइससय र चौबिस सय राज्य हुँदा समयको प्रेमकथा प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको हो ।
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहने फिल्ममा प्रदीपको अलवा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको अभिनय रहनेछ ।
आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्रबहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह निर्माताको रुपमा रहेका छन् ।