मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, हेटौंडा । कान्ति लोकपथअन्तर्गत हेटौंडा उपमहानगरपालिका–७ न्युरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चौघडा बजारबाट हेटौंडा तर्फ जाँदै गरेको ना ५९ प ५९२५ नम्बरको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भई सडकपेटीको नालीमा खस्दा एक जनाको मृत्यु भएको र एकजना घाइते भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।

मुत्यु हुनेमा गढी गाउँपालिका–३ मक्रानचुलीका २५ वर्षीय राजेश तिमल्सिना रहेका छन्।

उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको निरीक्षक भण्डारीले बताए। दुर्घटनामा घाइते हुनेमा सोही ठाउँका २५ वर्षीय प्रल्हाद तिमिल्सिना रहेका छन्।

उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस