भारतविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २३, जनकपुरधाम । भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भुभाग कालापानीलाई समेटेको विरोधमा जनकपुरधाममा पनि विरोध प्रदर्शन भएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘गो ब्याक इन्डिया’को नारासहित विराेध प्रदर्शन गरेको हो। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’ भन्दै प्रदर्शन भएको हो।

भारतले कालापानी, लिपुकेल र लिम्पियाधुरासहितको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा राखेर हडप्न खोजेको विरोधमा देशभर प्रदर्शन भइरहेको छ । सरकारले भारतले जारी गरेको उक्त नक्सा नेपाललाई अमान्य हुने बताइसकेको छ ।

सीमाविदहरुले यसबारे कुटनीतिक वार्ता गरेर सदाका लागि समाधान निकाल्न आग्रह गरेका छन् । यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस