साउन३,जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठान रणभूमिमा परिणत भएको छ ।
प्रहरी र विद्यार्थीबीच झडप भएपछि एक जना कमल नाम गरेका युवालाई रबरको गोली लागेर गम्भीर घाइते भएका छन । यसैगरी प्रतिष्ठानका २७ विद्यार्थी घाइते भएका र सबैको इमरजेन्सीमा उपचार भइरहेको प्रतिष्ठानले जोनाएको छ ।
यसअघि डा. गोविन्द केसीले सरकारले माग पूरा नगरेसम्म काठमाडौं नजाने अडान लिए पनि अस्पतालको क्षति देख्दा आफू बस्न नमिल्ने भन्दै काठमाडौं जाने बताए । केसीले पत्रकार सम्मेलन गरेर जुम्लाले आफूलाई गरेको सहयोग अविश्मरणीय रहेको भन्दै आफ्नो सत्याग्रह जता गए पनि जारी रहने बताए ।
यसैगरी कर्णाली प्रतिष्ठानको झ्यालको सिसा, फर्निचरहरु तोडफोड भएर लाखौैंको क्षति भएको छ ।