भारतविरुद्ध पर्सामा अनेरास्ववियूको विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ कार्तिक २४, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, पर्सा । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग मिचेको भन्दै सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू पर्साले विरगञ्जमा विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियूका नेता मित्रदेव यादवको नेतृत्वमा विरोध प्रदर्शन निकालिएको हो ।

विरोधका क्रममा विद्यार्थीले ‘भूमि रक्षामा सम्पूर्ण नेपालीहरु एक जुट होऔं, लिपुलेक, कालापानी, लिम्पियाधुरा–हाम्रो हो, भारतीय विस्तारवाद मूर्दावाद, सिमा अतिक्रमण बन्द गर’ जस्ता भारत बिरोधी नाराबाजी गरेका थिए ।

विरोध प्रर्दशनपछि आयोजित कोण सभामा अनेरास्ववियूका नेता मित्रदेव यादव र विवेक साहले नेपाली भूमि तत्काल फिर्ता नगरे भारत विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । विरगञ्जको घण्टाघरदेखि निस्केको विरोध र्‍याली घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो ।

विरोध र्‍यालीमा शिवशंकर यादव, अखिलेस साह, जुवेर आलम, नसिम अख्तर, सन्दिप यादव र हेमन्त तामाङलगायतका नेताहरुको सहभागिता रहेकाे थियाे ।

ताजा अपडेट

खोजी गर्नुहोस