साउन ३,काठमाडौँ । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् ।
स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् ।
झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको झडपबाट डा. गोविन्द केसी निकै दुखी भएका छन् । उनले म काठमाडौं जान्छु भन्दै अस्पतालबाट बाहिरिएका थिए ।