बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाण्डौमा

कार्तिक २६,काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि मंगलबार नेपाल आएका छन । बंगलादेशको विशेष उडानबाट बंगलादेशका राष्ट्रपति पत्नी रशिदा हमिदसहित मंगलबार दिउँसो काठमाडौँ ओर्लेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको नियन्त्रणमा बंगलादेशका समकक्षी हमिद नेपालको चार दिने भ्रमणका लागि मंगलबार काठमाण्डौ आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेका थिए । बंगलादेशका राष्ट्रपति हमिदको स्वागत गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायतका मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए ।

त्यस अवसरमा राष्ट्रपति हमिदलाई ‘गार्ड अफ अनर’ को सम्मान पनि प्रदान गरिएको थियो भने नेपालको संस्कृति झल्कने खालका सांस्कृतिक प्रदर्शन पनि गरिएको थियो ।

राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यतालिका छ ।

उहाँसँगै बङ्गलादेशका विशिष्ट अतिथिले विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्ने तालिका पनि रहेको परराष्ट्र मन्त्रालले जनाएको छ । बंगलादेशका राष्ट्रपति हमिद आउँदो शुक्रबार स्वदेश फर्कनेछन

संम्बन्धित समचार

Leave a Reply