बंगलादेशी राष्ट्रपति र परराष्ट्र मन्त्री ज्ञवालीबीच भेट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २६, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २६, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ उनीहरूबीच भेट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि राष्ट्रपति हमिदले भक्तपुरका साँस्कृतिक तथा पुरातात्विक क्षेत्रमा अवलोकन गरेका थिए ।

अपरान्ह ४ बजेर ८ मिनेटमा भक्तपुर पुगेका राष्ट्रपति हमिदले झण्डै १ घण्टा बिताए । उनलाई भक्तपुरका मेयर सुनील प्रजापति र उपमेयर रञ्जना जोशी लगायतले स्वागत गरे ।

भक्तपुरको न्यातपोल मन्दिर अवलोकनपश्चात उनले तौमडीमा साँस्कृतिक कार्यक्रमअन्तर्गत देवी नाचसमेत हेरे । सैनिक स्कुलमा हेलिकप्टर ल्याण्डिङ गरेर उनी भक्तपुरतर्फ प्रस्थान गरेका थिए ।

५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी आज नेपाल भ्रमणमा आएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस