‘पासवर्ड’ टिमले अब फिल्म वितरणको जिम्मा लिने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ कार्तिक २८, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाडौं । भारतीय अभिनेत्री सन्नी लियोनीलाई एक गीतमा अभिनय गराएर धेरथोर चर्चा कमाएको फिल्म ‘पासवर्ड’ टिमले अब नेपालमा फिल्म वितरणको समेत जिम्मा लिने भएको छ । एबी इन्टरनेशनलले वर्षमा दुई निर्माणसँगै वितरणमा हात हालेको हो ।

यो ब्यानरमा निर्माण भइरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ यसै वर्ष रिलिज हुँदैछ । यसअघि रिलिज भएको ‘पासवर्ड’ हलबाट पत्तासाफ भएको थियो ।

अब भने एबी इन्टरनेशनलले हिन्दी फिल्म ‘मरवाजा’ लाई नेपालमा वितरणसँगै वितरकका रुपमा समेत आफ्नो परिचय बनाउनेछ । एबी इन्टरनेशनलले बुधवार एक विज्ञप्ति जारी गर्दै वितरणमा कदम राखेको जनाएको हो ।

एबी इन्टरनेशनलका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीसँगै विदेशी फिल्म समेत वितरण गर्दै आम दर्शकमाझ विश्वस्तरीइ मनोरञ्जनको पहुँच पुर्‍याउने यहाँहरुलाई जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस