१० केजी गाँजासहित २५ वर्षीय युवक पक्राउ

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ कार्तिक २८, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक २८, पर्सा । आफैँले बोकेको अवैध गाँजाका कारण पर्साका एक युवक प्रहरीको फन्दामा परेका छन्।

जिल्लाको पटेर्वासुगौली गाउँपालिका-४ का २५ वर्षीय शिवजन्म माझीले १० केजी गाँजा झोलामा बोकेर हिँड्दै गर्दा पक्राउ परेकाे  जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उनले आफैँले बोकेको झोलामा १० केजी गाँजा फेला परेपछि पर्सा मातहतको प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र शाहीले बताए। अभियुक्तलाई पटेर्वासुगौली गाउँपालिका-२ स्थित रंगपुर चोकमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको उनको भनाइ छ।

प्रतिबन्धित गाँजासहित प्रहरी नियन्त्रणमा परेका माझीलाई औषधसहित इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी थप अनुसन्धान भइरहेको छ। उनलाई लागुऔषध मुद्दा नै चल्ने प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस