कार्तिक २९, काठमाडौं । स्वर कोकिला लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको र उनको स्वास्थ्य अहिले स्थिर रहेको छ । लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले यो जानकारी दिएकी छन् ।
अनुशाले एक बयान जारी गरेर भनेकी छन्, ‘लता दिदीको स्वास्थ्यमा सुधार भइरहेको छ । हामीलाई आशा छ कि उहाँ छिट्टै पूर्ण रुपमा स्वस्थ बन्नु हुनेछ र हामी उहाँलाई घर लैजान सक्नेछौँ । ’
बिहीबार सामाजिक सञ्जालमा लता मंगेशकरको स्वास्थ्य अवस्थालाई लिएर गम्भीर चिन्ता जनाइएको थियो । त्यसपछि लता मंगेशकरका तर्फबाट बयान जारी गर्दै भनिएको छ, ‘लता दिदीको हालत स्थिर छ । उनको स्वास्थ्यलाई लिएर चिन्ता जताउने र प्राथना गर्ने सबैलाई धन्यवाद् । ’
गत सोमवार लता मंगेशकरको टाउकोमा इन्फेक्शन भएपछि उनलाई मुम्बईको ब्रीच कैण्डी अस्पतालमा भर्ना गरिएको थियो । भारत रत्न र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मानिन्छन् ।