नेपालमा बैंकिङ क्षेत्रका चुनौती र संभावनाहरु

-अर्जुन बहादुर कँडेल, नेपाल बैंक लिमिटेड

वि.सं. १९९४ सालमा कार्तिक ३० गते नेपाल बैङ्क कानून तयार गरी जुद्ध शम्शेरले १ करोड ८ लाख ४२ हजार चुक्ता पूँजी भएको नेपाल बैङ्कको स्थापना गरे । यस बैङ्कको स्थापनाबाट नै नेपालमा आधुनिक बैङ्किङ प्रणालीको सुरूवात भएको हो । देशमा केन्द्रीय बैङ्क समेत नभएको तत्कालीन अवस्थामा यस बैङ्कले केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको थियो । नेपालमा वि.सं. २०४० को दशकको पूर्वाद्धदेखि आंशिक उदारीकरण र प्रजातन्त्रको पुनर्वहाली पश्चात् वित्तीय क्षेत्र सुधार कार्यक्रम अवलम्बन गरेपछि वित्तीय क्षेत्रले फड्को मारेको हो ।आर्थिक क्षेत्रमा सरकारी तथा निजि क्षेत्रको सहभागीता बढाउने, बित्तीय अनुशासन, पारदर्शिता र वित्तीय सुसाशन कायम गरी वित्तीय क्षेत्रको सुधार गर्ने उद्धेश्यका साथ वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरिएको थियो ।

नेपाल सरकारले आर्थिक नितिमा गरेको परिवर्तनका कारण बिदेशीको संयुक्त सहभागितामा निजी स्तरका बैंकहरु स्थापना भइ नेपालको बैंकिड्ड क्षेत्रको बिकासमा फड्को मारेको देखिन्छ । सरकारी लगानी रहेका नेपाल बैङ्क लि. राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कहरू सञ्चालनको दशकौं सम्मपनि बित्तिय संकटमा फसी सफलता हासिल गर्न नसकेको बिगतको स्थिती बदलिएको छ । हाल यी तिनवटै बैंकहरुको बित्तिय स्थिती मजबुत देखिन्छ । संयुक्त लगानीवा वैदेशिक लगानीको समेत अंश रहेका बैङ्कहरूको धेरैको वित्तीय स्थिति सन्तोषजनक नै रहेको छ भने स्वदेशी लगानीमा रहेका अन्य निजी क्षेत्रका बैङ्कहरू मध्य अधिकांशको वित्तीय स्थितीपनि राम्रो रहेको तथ्याङ्कले देखाएको छ । प्रकाशित वित्तीय परिसूचकहरूलाई मात्र मापदण्ड बनाउने हो भने नेपालको बैङ्किङ क्षेत्रमा त्यति ठूला समस्या तथा चुनौतीहरू छैनन् कि भन्ने लाग्न सक्छ तर पछिल्लो समयमा देखिएका तरलता समस्या, बढ्दो प्रतिस्पर्धा, नियामक निकायको नयां नयां नीति निर्देशनहरु, वित्तीय अपराध जस्ता कारणले नेपालको बैङ्किङ क्षेत्र दिन प्रतिदिन नयाँ-नयाँ समस्याको भूमरीमा बढेको सङ्केतहरू देखिँदै आएका छन् ।

बैङ्किङ क्षेत्र दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै आएको छ । नेपालको बैङ्किङ क्षेत्रमा विद्यमान प्रमुख समस्या तथा चुनौतीहरूमा लगानीयोग्य रकमको अभाव,अनुत्पादक क्षेत्रमा अधिक लगानी,कमजोर संस्थागत सुशासन,विभिन्न व्यवस्थापकीय समस्याहरू,अनियन्त्रित संस्थागत लागत,बिश्वसनीय लेखापरीक्षणको अभाव,कमजोर सम्पत्ति तथा दायित्व व्यवस्थापन,तरलता समस्या,सहकारी संस्थाहरूको बढ्दो पहुँच,नियमनतथा सुपरिवेक्षणमा देखिएका समस्याहरू,केन्द्रिकृत वित्तीय प्रणाली,अस्वस्थ प्रतिस्पर्धा,उच्च स्तरीय प्रविधिको अभाव,दक्ष जनशक्तिको अभाव,व्यवसायिक निष्ठा नहुनु, छलकपट,, बैङ्किङ अपराध बढ्नु, ,बैङ्किङ चेतना नहुनु,वित्तीय पहुंचमा कमी,जलस्रोत,उर्जा,पर्यटन तथाकृषिमा अपेक्षित लगानी बढ्न नसक्नु,व्यवस्थापकीय एवं पेशागत ज्ञान र सीपको अभाव,व्यवस्थापनमा गुटबन्दी,बढ्दो वित्तीय जोखिम, उच्चकोषको लागत,वासेल३ले निर्धारण गरे बमोजिमका मापदण्डहरु कायम गर्ने,कर्जाको आधार व्याजदर नियमित रूपमा प्रकाशन गर्नुपर्ने , नेपाल राष्ट «बैंकले तोके बमोजिम स्प्रेड रेट कायम गर्ने लगायतका प्रमुख चुनौतीहरू रहेका छन् ।बैङ्क तथा वित्तीय संस्थाहरूको सङ्ख्यात्मक बृद्धि संगसंगै बैङ्किङ प्रणालीमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गइरहेको देखिन्छ ।

बैङ्क तथा वित्तीय संस्थाहरू मुख्यतया शहरी क्षेत्रमा मात्र केन्द्रित रहने र बैकिड्ड कारोबारलाई आफ्नो पक्षमा लिन नीति, नियम एवम् वित्तीय अनुशासनको परिधी बाहिर गएर कारोबार सञ्चालन गर्ने गरेकाले कतिपय वित्तीय संस्थाहरू समस्याग्रस्त हुँदै गएको पाइन्छ भने केही वित्तीय संस्थाहरू बन्द नै भइसकेका छन् ।

बैङ्किङ क्षेत्रका अवसरहरू-सम्भावनाहरू

  •  सन् १९८० को दशकबाट अवलम्बन गरिएको वित्तीय उदारीकरणबाट बैङ्किङ क्षेत्र खुल्ला र प्रतिस्पर्धी बनेको
  •  लगानीका पर्याप्त क्षेत्रहरू जस्तै जलस्रोत, उर्जा, निर्माण पर्यटन इत्यादी ।
  •  व्यापार ,व्यवसाय एवं बिकास निर्माणको तिव्र बिस्तार संगसंगै बैंकहरुको गैर कोषीय कारोवार जस्तै प्रतितपत्र, बैंक जमानत आदिको कारोवारमा बृद्धिभइ कमिसन,आम्दानीमा बृद्धि ।
  •  नेपाल राष्ट्र बैङ्कले नियन्त्रणात्मक प्रणाली हटाई बैङ्कहरूलाई व्याजदर निर्धारण, कर्जा तथा लगानी व्यवस्थापनमा समेत स्वतन्त्रतता प्रदान गरेकोले सुरक्षित लगानी गर्ने अवसर प्राप्तभएको छ ।
  •  बैङ्किङ तथा वित्तीय संस्थाको ऋण असुलीसम्बन्धी मुद्धाहरु छिटो छरितो ढंगबाट कारवाहि र किनारा गरी कर्जाको सावां ब्याज असुली कार्यलाई छिटो छरितो र प्रभावकारी बनाउन ऋण असुलीसम्बन्धी ऐन २०५८ लागू गरिएको छ ।
  •  बैङ्किङ तथा वित्तीय प्रणालीको कारोवारमा हुनसक्ने कसूरजन्य कार्यबाट बैङ्किङ तथा वित्तीय प्रणालीमा पर्न सक्ने असर र जोखिमलाइ न्युनीकरण गरी बैङ्किङ तथा वित्तीय प्रणालीप्रति विश्वसनीयताअभिबृद्धि गर्न बैंकिड्ड कसुर तथा सजाय ऐन २०६४ लागू गरिएको छ ।
  •  संयुक्त लगानीमा बैङ्क स्थापना तथा विदेशी बैङ्कको शाखा कार्यालय स्थापना गर्न दिने राष्ट्र बैङ्कको नीतिको फलस्वरूप नयाँ-नयाँ प्रविधि भित्रने क्रम बढेको छ ।
  •  वैदेशिक रेमीट्यान्सको आप्रवाहमा वृद्धि भएसंगै बैकहरुमा तरलता उपलब्ध ।
  •  नेपाल राष्ट्र बैङ्क ऐन २०५८ लागू भएकाले गर्दा मौद्रिकअधिकारीको रूपमा ने.रा. बैङ्कको अधिकार र कर्तव्य स्पष्ट परिभाषितहुनुका साथै बैङ्कको निरीक्षण तथाअनुगमन सम्बन्धीअधिकारमा समेत वृद्धि भएको छ जसले गर्दा यो देशको स्वायत्त केन्द्रीय बैङ्कको रूपमा स्थापितहुने अवसर प्राप्तभएको छ ।
  •  बैङ्किङ क्षेत्रको विकाससँगै ल्याइएका बैङ्किङ उपकरणहरू तथा सुविधाहरूले बैङ्किङ व्यवसायलाई विस्तार गर्ने अवसर प्राप्त भएको छ ।
  •  सस्तो तथा दक्ष जनशक्ति उपलब्ध छ
  •  बैङ्क तथा वित्तीय संस्थाहरूको सक्षमताअभिवृद्धि गराउने उद्देश्यले राष्ट्र बैङ्कले विभिन्न किसिमका अन्तराष्ट्रिय स्तरका निर्देशनहरू जारी गरेको छ । यसले बैङ्किङ सुसासन निर्माण गर्ने अवसर प्राप्त भएको छ ।
  •  नेपाल बिश्व व्यापार संगठनकाको सदस्य भसकेको सन्दर्भमा नेपाली बैङ्किङ संस्थाहरूलाई विदेशी बैङ्किङ संस्थाहरूसित प्रतिस्पर्धा गर्न आवश्यक तयारी गर्ने अवसर प्राप्त भएको छ ।
  •  छाता ऐनका रुपमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०६३ ल्याइ यसमा परिमार्जन गरि पुनःनयाँ बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ ल्याइएको छ । यो ऐनले नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त बैङ्क तथावित्तीय संस्थाहरू एक आपसमा गाभिने एवं प्राप्ती गर्न सक्ने अवसर प्राप्तभएको छ ।
  •  बैङ्क तथा वित्तीय संस्थाहरूको शाखाविस्तारले जनताको बैङ्किङ पहुँच तथा वित्तीय प्रगाढतामा विस्तार गर्ने अवसर प्राप्त भएको छ ।
  •  बैङ्क तथा वित्तीय संस्थाहरूको वृद्धि सँगसँगै पूँजी बजारको विकास भइरहेको छ र यसबाट नयाँ-नयाँ बैङ्किङ कम्पनीहरूलाई शेयर निष्काशन गरी पूँजी सङ्कलन गर्न सक्ने अवसर प्राप्त भएको छ ।
  •  कृषिकर्जा, लघु कर्जा, रेमीट्यान्स, ग्रामीण उर्जा कर्जा जस्ता प्रोडक्टलाई ग्रामीण तहसम्म पु¥याउने अवसर
  •  बैङ्क तथा वित्तीय संस्थाहरूको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि
  • बैङ्किङ व्यवसायमा वासेल३ ले पहिचान गरेको जोखिमका अतिरिक्त बैङ्क अनुसारको अन्तर:निहित अन्य जोखिमहरू समेत पहिचान गरी सुधार गर्ने अवसर ।

समस्या समाधानका उपायहरू

विभिन्न आर्थिक, राजनैतिक तथा सामाजिक समस्याहरूले घेरिएको नेपालको बैङ्किङ प्रणालीको सङ्ख्यात्मक विकासलाई मात्र नभई गुणात्मक रूपमा समेत विकास गर्नु निकै चुनौतीपुर्ण छ । बैङ्क तथा वित्तीय सस्थाहरूले सबै सरोकारवालहरूको हित कायम हुने गरी आफ्नो क्रियाकलाप सञ्चालन गरेमा मात्र दीर्घकालीनअस्थित्व एवं सफलता हासिल गर्न सक्दछन् । बैङ्कहरूको अस्तित्व बर्षै-वर्षसम्म पनि कायम रहनुपर्ने भएकोले जसरी भएपनि अल्पकालमा नाफा कमाउने प्रवृत्तिलाई सुधार गरी दिगो वृद्धि लाई अधिकम हŒवदिनु पर्दछ । समग्र बैकिङ प्रणलीमा एकाध बैङ्क तथा वित्तीय संस्था असफल हुनु त्यति अनौठो नहुन सक्दछ जुन सम्बन्धित संस्था स्वयंको सञ्चालनअसक्षमताका कारण पनि हुन सक्दछ तर देशको समस्त बैङ्किङ क्षेत्रमा नै समस्या सिर्जना हुनुमा कानूनी पूर्वाधार एवम् यथेष्ट कानूनी निकासको अभाव, अधिकार प्राप्त निकायको इजाजतवा दर्ता नीति, निरीक्षण तथा सुपरिवेक्षण, कार्यान्वयन पक्ष, देशको अस्थिर राजनीतिक अवस्था देखि लिएर जनचेतना, साक्षरता आदिले समेत प्रत्यक्ष भूमिका खेलेको हुन्छ ।

बैङ्क तथा वित्तीय संस्थाको लागि आवश्यक वातावरण तयार गर्ने र वाञ्छित स्तरमानियन्त्रणको दायरा विस्तार गर्ने कार्यमा केन्द्रीय बैङ्कले विशेष ध्यानदिनु पर्दछ । कार्यसंचालनदक्षताबढाउनु पर्ने,दक्ष, अनुभवी र क्षमतावान कर्मचारीको नियुक्ती,राष्ट्र बैङ्कको निरीक्षण, सुपरिवेक्षण र अनुगमन प्रभावकारी बन्नुपर्ने,अनुत्पादक क्षेत्रमा अधिक कर्जा प्रदान गर्ने परिपाटीको अन्त्य,नयाँ-नयाँ लगानी योग्य क्षेत्रको पहिचान एवम् विश्लेषण,उच्च सञ्चालन खर्चमा कटौती, संस्थागत शुशासन कायम गर्नुपर्ने,अस्वस्थ प्रतिस्पर्धाबाट जोगिनु पर्ने,बैङ्किङ प्रणलीलाई सुदृढ बनाउन केन्द्रीय बैङ्कको पहलमा सरकारले आवश्यक कानूनी संरचना बनाउने पहल गर्नुपर्दछ । त्यसैगरी विद्यमान ऐन कानूनमा रहेका विरोधाभाषहरूलाई व्यापक अध्ययन तथा संसोधन गर्ने, बैङ्क तथा वित्तीय संस्थाको मर्जर वा प्राप्ति सम्बन्धमा स्पष्ट र पारदर्शी कानुनी आधार खडा गर्नु पर्दछ ।

बैङ्क तथा वित्तीय संस्थाहरूको लेखा परीक्षणलाई पारदर्शी र विश्वसनीय बनाउनु पर्दछ । कतिपय बैंक तथा बित्तीय संस्थाहरुले वीन्डो ड्रेसिड्ड गरी वित्तीय परिसूचक प्रकाशन गर्ने परिपाटीको अन्त्य हुनु पर्दछ । बैंक तथा वित्तीय संस्थामा दिन प्रतिदित बड्दै गइरहेको फ्रड ,सिस्टम ह्याकिड्ड लगायतका बैंकिड्ड अपराध रोक्न यधाशिघ्र आधुनीक सुचना प्रविधिको प्रयोग गर्नु पर्दछ । हुण्डी लगायतका गैर कानुनी वित्तीय कारोवारलाइ कडाइका साथ बन्द गर्ने र वित्तीय साक्षरता कार्यक्रमलाइअझ सशक्त कार्यक्रमको रुपमा अगाडी बढाइ वित्तीय पहुंचलाइ बृद्धि गर्नु पर्दछ । निजी बैङ्क तथा वित्तीय संस्थाको कर्मचारी नियुक्तिमा पारदर्शिता हुनुपर्दछ जसको लागि राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे नियुक्त गर्ने परिपाटिको अन्त्य हुनु पर्दछ ।

संम्बन्धित समचार

Leave a Reply