लागुऔषध गाँजासहित एकजनालाई पक्राउ

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ कार्तिक २९, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक २९, सिरहा । सिरहामा लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १४ का ५० वर्षिय राम बहादुर तामाङ रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

शुक्रबार बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले लक्ष्मीपुरपतारी गाउँपालिका वडा नं. ५ बाट तामाङलाई २६ किलो गाँजासहित पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।

पक्राउ परेको तामाङलाई इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहामा ल्याई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस