मंसिर १, धादिङ । बैरेनीमा रहेको ‘त्रिशुली विच रिसोर्ट’ले र्याफ्टिङ व्यवसाय सन्चालन गर्न बिहिबार परिक्षणको रुपमा नुवाकोटको महादेवफाँट देखी बैरेनी स्थित जिण्टेटार सम्म र्याफ्टिङ गराएको हो ।
त्रिशुली नदिको १३ किलोमिटर नदि क्षेत्रमा साँढे २ घण्टा सम्म गराईएको र्याफ्टिङमा गल्छि गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडि, वडा अध्यक्षहरु, पत्रकार लगायतको सहभागीता रहेको थियो ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि र्याफ्टिङ मा नयाँ गन्तव्यको रुपमा यो ठाउँ चयन गरिएको र छिट्टै नै त्रिशुली विच रिसोर्टले र्याफ्टिङ व्यवसाय सन्चालन गर्ने रिसोर्टका अध्यक्ष विष्णु त्रिपाठीले बताए । (नागरिकपाटिकाे सहकार्यमा)