माधव नेपालले भने : कालापानी र लिपुलेक नेपालकै हो, प्रमाण हामीसँग छ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर १, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने विभिन्न तथ्य र प्रमाणहरु आफूहरुसँग रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भुतपूर्व संस्कृत विद्यार्थी समाजको ऐतिहासिक सम्मेलनमा सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् ।

महाकाली नदी नै नेपाल भारत बीचको सीमा नदी रहेको र उद्गम स्थल लिम्पियाधुरा रहेको तथ्य भएकाले त्यसकै आधारमा सरकारले भारतसँग कुरा राख्नु पर्ने उनले बताए । सरकारले नेपाली जनताको भावनाको कदर गर्दै सीमा विवाद तत्काल सुल्झाउनु पर्ने उनको भनाई थियो ।

संस्कृत विद्यापिठमा सहभागिता जनाएका नेपाली छात्रहरु तथा भुतपूर्व छात्रहरुसँग संस्कृत भाषाको महत्व र योगदानबारे चर्चा समेत गरे । उनले विभिन्न भाषाको जननी नै संस्कृत भएकोले संस्कृतको संरक्षण र संस्कृतको विकासको लागि सवै लाग्नुपर्नेमा जोड दिए ।

यता सम्मेलनको पहिलो दिन प्रमुख अतिथीको रुपमा पुगेका प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले समेत संस्कृति र भाषा अपेक्षाकृत विकास हुुन नसक्नुमा हामी आफै दोषी भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस