मंसिर १, काठमाडौं । मानुषी चिल्लर अर्थात् ‘मिस वर्ल्ड २०१७’ ले बलिउडमा डेब्यु गर्ने भएकी छिन् ।
केही पहिला देखी नै उनी बलिउडमा डेब्यु गर्ने खबर बलिउड मिडियाहरूले सार्वजनिक गरेका भए पनि आधिकारिक रूपमा कुनै खबर सार्वजनिक गरिएको थिएन । तर यति बेला उनी सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट डेब्यु गर्ने पक्का भएको खबर आधिकारिक रूपमा नै बाहिरिएको छ ।
चलचित्र निर्माण गर्ने यशराज ब्यानरले मानुषी चलचित्रमा डेब्यु गर्ने खबर स्विकारेको हो ।
चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गर्ने चलचित्रमा मानुषी नायक अक्षय कुमारको जोडीको रूपमा देखिदैछिन् । आदित्य चोपडाको निर्माणमा बन्न लागेको यो चलचित्रमा मानुषी संयोगीताको भूमिकामा देखिने भएकी छिन् ।