आठौं राष्ट्रिय कर दिवस: सबैभन्दा धेरै कर तिर्ने करदाता सम्मानित

मंसिर १, काठमाडौं । सूर्य नेपाल प्रा. लि. सबैभन्दा धेरै कर तिर्ने करदाता सूचीको शीर्षस्थानमा रहन सफल भएको छ ।

आठौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो ।

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको थियो । सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ । सूर्यले चुरोट उत्पादनलगायतका काम गर्दै आइरहेको छ ।

निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा.लि. छ। व्यक्तिगततर्फ भने सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन् ।

मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ ।

कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेको सूची परेका छन् ।

त्यस्तै, बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् ।

पर्यटनतर्फ भने तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेको अर्थमन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply