नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण ३, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ३,काठमाडौँ । लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ ।

श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दशकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको छ ।

वामपन्थी विचारधाराबाट प्रभावित भइ कुनै समय रामेश र मन्जुलले सुरु गरेको मुलुकब्यापी साँगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै पनि आएका छन् ।

विशेषगरी तीस वर्षे पञ्चायत कालमा यो गीतले सांकेतिक रुपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो । एक हिसाबले यो पञ्चायतकालकै परिस्थितीबाट उत्पन्न गीत हो । जसलाई तत्कालीन अवस्थामा रेडियो नेपालले प्रतिवन्धित गरेको थियो ।

तर, जनस्तरमा भने यसको लोकप्रियता चुलिँदै गयो । २०४६ र २०६२ सालको जनआन्दोलनहरुमा यो गीत जताततै बजेको थियो ।

पहिलो जनआन्दोलन लगत्तै बनेको फिल्म ‘बलिदान’मा समावेश गर्नको निम्ति यसको व्यवस्थित रेकर्ड भएको थियो । त्यो सिनेमा पञ्चायतकालमा प्रजातन्त्रका निम्ति लड्नेहरु माथि नै आधारित थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस