राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाडौं । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड) बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु दुई अर्ब ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो ।

आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ । यस्तै रु एक अर्ब ८५ करोड बराबरको टे«जरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । रासस

ताजा अपडेट

खोजी गर्नुहोस