‘जय शम्भु’को गीत सार्वजनिक कार्यक्रममा नायक शाही अनुपस्थित

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण ३, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३,काठमाडौँ । भदौ १ गतेबाट रिलिज हुने लागेको चलचित्र ‘जय शम्भु’को एक गीत आज सार्वजनिक गरिएको छ । नायक अनुप विक्रम शाही र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

आफूले नै अभिनय गरेको गीत सार्वजनिक कार्यक्रममा नायक शाही भने अनुपस्थित थिए । अनुप अर्को चलचित्रको छायांकनमा व्यस्त भएकाले उपस्थित हुन नसकेको जानकारी निर्माणपक्षले गराएको थियो ।

कार्यक्रममा चलचित्रका निर्देशक रुपेश तामाङ पनि उपस्थित भएनन् । रातभरी ट्रेलरको काम गरेकाले निर्देशकले आराम गरेकाले कार्यक्रममा उपस्थित नभएको जानकारी गराइएको थियो ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकार बर्षा सिवाकोटी र प्रशान्त ताम्राकार भने उपस्थित थिए । कलाकार ताम्राकारले आफूले चलचित्रलाई समय नदिएको भन्ने खबर झुटो भएको बताए । उनले, त्रिकोणात्मक प्रेमकथामा चलचित्र बनेको जानकारी दिए । यस्तै, नायिका सिवाकोटीले यो चलचित्र मनोरञ्जनात्मक बनेको बताइन् ।

२ करोड भन्दा बढी बजेटमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् । चलचित्रमा अरविन्द्र मान शाक्यको लगानी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस