मंसिर २, काठमाडौं । पछिल्लो समय बलिउड अभिनेता आयुस्मान खुराना दर्शक मात्रले होइन चलचित्र मेकर्सले पनि निकै रुचाउने र खोज्ने नाम बनेको छ । यसको कारण हो उनी अभिनीत चलचित्र एक पछि अर्को ब्लक बस्टर साबित हुनु ।
बलिउडका ‘हिट मेसिन’ भनेर चिनिन थालेका अभिनेता आयुस्मान अभिनीत ‘बाला’ले एक सय करोड भा.रु. कमाइ गरिसकेको छ ।
जम्मा २५ करोड भारुको लगानीमा निर्माण भएको यस चलचित्रले आयुस्मानदेखि निर्माता-निर्देशक र पुरै फिल्म टोली उत्साहित भएको बलिउड मिडियाहरूले लेखिरहेका छन् ।
एक सय करोड भा.रु. कमाउनु भनेको कतिपय ठुला ब्यानरका सुपरस्टार कास्ट भएका चलचित्रलाई पनि मुस्किल पर्ने गरेको छ । अमर कौशिकको निर्देशनमा बनेको ‘बाला’मा आयुष्मानका अलावा भूमि पेडनेकर, यमी गौतम, सीमा पाहवा, जावेद जाफरी तथा सौरभ शुक्लाको प्रमुख भूमिका छ ।