चर्चित बलिउड कमेडी चलचित्र ‘चुपके-चुपके’ को रिमेक बन्ने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर २, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । सन् १९७५ मा निर्माण भएको चर्चित बलिउड कमेडी चलचित्र ‘चुपके-चुपके’ को रिमेक बन्ने भएको छ ।

चलचित्र निर्माता भूषण कुमारले ओरिजिनल टाइटलको रिमेकको अनुमति पाएका छन् । ओरिजिनल भर्जनमा अभिनेता धर्मेन्द्रको मुख्य भूमिका रहेको थियो भने रिमेकमा अभिनेता राजकुमार राव रिमेकमा धर्मेन्द्रको ठाउँमा देखिने पक्का भैसकेको छ ।

चलचित्रमा धर्मेन्द्र परिमल त्रिपाठीको भूमिकामा थिए भने राजकुमारले पनि सोही भूमिका निभाउने छन् । उनले यो आफ्नो लागी निकै चुनौती र अवसर भएको बताएका छन् ।

यति बेला स्क्रिप्टमा काम भइरहेको चलचित्रको टाइटल राइट्स पहिले नै निर्माता मनीष गोस्वामीले लिइसकेका थिए तर अब भने भूषण कुमारले नै चलचित्र बनाउनेछन् ।

भर्खरै अभिनेता रावको चलचित्र ‘मेड इन चाइना’ चलचित्र प्रदर्शन भएको थियो तर यसलाई दर्शकको साथ मिलेन । यति बेला उनी हरर कमेडी चलचित्र ‘रूही अफ्जा’ को लागी व्यस्त रहेका छन् उनको साथमा अभिनेत्री जाह्नवी कपुर र ईशान खट्टर देखिनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस