मंसिर २, काठमाडौं । बलिउड अभिनेत्री रानी मुखर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मर्दानी २’को ट्रेलर सार्वजनिक भएको छ ।
रानी पछिल्लो समय सामाजिक कथावस्तुमा आधारित चलचित्रमा काम गरिरहेकी छिन् । रोमान्टिक भूमिकाबाट केही पर रहेकी उनी चलचित्रमा प्रहरी अफिसरको भूमिकामा देखिएकी छिन् ।
युवतीमाथि हुने बलात्कारको घटनाको छानबिन गरिरहेकी रानीलाई एक्सन अवतारमा पनि देख्न सकिन्छ ।
चलचित्र सत्य घटनमा आधारित भएको भनिएको छ । गोपी पुत्रनले निर्देशन गरेको चलचित्रलाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।
यस अघि निर्माण भएको रानी को प्रमुख भूमिका रहेको चलचित्र ‘मर्दानी’बक्स अफिसमा हिट भएको थियो । ‘मर्दानी २’ डिसेम्बर १३ मा रिलिज हुँदैछ ।