आगामी शैक्षिक सत्रबाट कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ३, मंगलबार (५ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

मंसिर ३, काठमाडौं । सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम सुरु गर्ने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पारित गरिसकेको छ भने ४० विषयको पाठ्यक्रम तयार गरी पारित गर्न परिषद् लैजाँदै छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले आगामी वैशाखबाट कक्षा १ र साउनदेखि कक्षा ११ को पाठ्यक्रम सुरु गर्ने जानकारी दिए । उनले विद्यार्थी संख्या धेरै हुने १५ विषयको पाठ्यक्रम पारित भइसकेको, ४० विषयमा पाठ्यक्रम निर्माण गरी परिषदबाट पारित गर्ने तयारी भएको बताए ।

अघिल्लो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्ने भनिए पनि तयारी कम र निजी विद्यालय सञ्चालकहरूले गुनासो गरेका कारण लागू हुन सकेको थिएन । अघिल्लो वर्ष सात विषय पढाउनुपर्ने व्यवस्था भए पनि त्यसलाई परिवर्तन गरी ६ विषय पढाए पुग्ने व्यवस्था गरिएको थियो ।

विद्यालय शिक्षामा साधारण, टेक्निकल र परम्परागत धार छुट्याइएको छ । कक्षा ११ र १२ मा तीन–तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय छनोट गर्न सकिनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली र सामाजिक विषयलाई अनिवार्य गरिएको छ ।

त्यसैगरी, कक्षा १२ मा नेपाली, अंग्रेजी र जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ । तीनवटा ऐच्छिक विषय लिनुपर्ने र एउटा थप लिन सक्ने गरी व्यवस्था छ । कक्षा ११ र १२ मा एक सयभन्दा बढी विषय हुनेछन् । नयाँपत्रिकामा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस