जेठ ३,उदयपुर । मनाङ मर्स्याङ्दी क्लब उदयपुरमा जारी पाँचौं उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
थरुहट रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा सुनसरी ११ लाई २ विरुद्ध ३ गोल गर्दै मनाङ मस्र्याङ्दी क्लब फाईनमा प्रवेश गरेको हो ।
अब गोल्डकपको उपाधिका लागि शनिवार थ्रिस्टार क्लब र मनाङ मस्र्याङदी क्लब प्रतिस्पर्धा गर्नेछन ।
निकै प्रतिस्पर्धात्मक बुधबारको खेलमा मनाङ मस्र्याङ्दी क्लबले पहिलो गोल पहिलो हाफको १० औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । यस्तै पहिलो हाफको २५ औं मिनेटमा विदेशी खेलाडी भिक्टरले गोल गरेका थिए । दोस्रो हाफको ३० औं मिनेटमा बिमल रानाले गोल गर्दै आफ्नो टिमलाई फाइनलमा पुर्याएका हुन् ।
निकै राम्रो खेल प्रस्तुत गरेको सुनसरी ११ को तर्फबाट भने पहिलो हाफको २९ औं मिनेटमा निसान लिम्बु र दोस्रो हाफको २० औं मिनेटमा सौजन याक्खाले १र१ गोल गरेका थिए । निसान लिम्बुले पेनाल्टी मार्फत गोल गरेका हुन् । खेलको म्यानअफ द म्याच मनाङ मस्र्याङदी क्लबका दोर्ण थापा घोषित भए नगद सात हजार रुपैयाँ प्राप्त गरे ।
आउने शनिबार हुने फाइनल खेलको विजेताले नगद रु। ५ लाख पाउनेछन् भने उप विजेताले रु। ३ लाख पाउनेछन् । प्रतियोगिताभरीको उत्कृष्ट खेलाडीले नगद रु। ५० हजार पाउने आयोजक समितका अध्यक्ष किरण राईले बताए ।