साउन ३,काठमाडौँ । ब्राजिल तथा रोमाका गोलकिपर एलिसन इङ्लिस क्लब लिभरपुल जाने पक्का भएको छ । लिभरपुलले एलिसनका लागि रोमालाई ६६.८ मिलियन पाउण्ड तिरेसँगै उनी लिभरपुल जाने पक्का भएको हो ।
प्रिमियर लिग क्लबले अब ब्राजिल अन्तराष्ट्रियसँग छलफल अघि बढाएको छ । २५ वर्षे एलिसन रोमामा दुई बर्षका लागि रोमामा अनुबन्धित भएका थिए । रोमामा उनले सिरी–ए को पछिल्लो सिजनका ३७ खेल खेले ।
लिभरपुलले झन्डै ७० मिलियन युरो खर्च गर्दै गोलकिपर अनुबन्ध गरेको क्लबको इतिहासमा यो पहिलो हो । सन् २००१ मा जियानलुइजी बुफोनलाई युभेन्ट्सले पार्माबाट भित्राउदा ५३ मिलियन युरो तिरेको थियो ।
यो नै अहिले सम्मको गोलकिपरका लागि क्लबहरुले अनुबन्ध गर्दा तिरेको सबैभन्दा बढि खर्च हो । गोलपिकपरका लागि प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले २०१७ मा बेन्फिकालाई ४० मिलियन युरो तिरेको थियो । यो रकम सिटीले गोलकिपर एडर्सनलाई भित्राउन खर्च गरेको पछिल्लो समयको सबै भन्दा बढि रकम हो ।