सन्नी लियोनीलाई उछिन्दै सर्वाधिक खोजिमा नायिका प्रियंका !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर ६, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर ६,काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा गुगलमा सबैभन्दा धेरै खोजिने बलिउड सेलिब्रिटी बनेकी छन्। हालै गरिएको एक सर्वेक्षणमा उनको नाम अग्रपंक्तिमा आएको हो। ‘सेमरुस’ ले २०१८ अक्टोबरदेखि २०१९ अक्टुबरको बीचमा यो सर्भे गरेको हो।

यो अवधिमा प्रियंकालाई २.७४ मिलियन पटक सर्च गरिएको थियो। यो सूचीमा प्रियंकाका साथमा दीपिका पादुकोण र सनी लियोनीको नाम पनि सामेल थियो। दीपिका दोस्रो तथा सनी तेस्रो नम्बरमा छन्। सलमान खानलाई १.८३ मिलियन पटक सर्च गरिएको थियो।

यसअघि अमेरिकाको प्रतिष्ठित टाइम पत्रिकाले प्रकाशित गरेको विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा प्रियंकाको नाम पनि थियो।

ताजा अपडेट

खोजी गर्नुहोस