दुई थान स्वचालित पेस्तोलसहित एक जना पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ मंसिर ६, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ६,काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिका–२ चतरीघाटबाट प्रहरीले २ थान स्वचालित पेस्तोलसहित पक्राउ परेका एक युवकलाई विहिवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले कल्यापुर नगरपालिका– ३ पर्साहीका २१ वर्षीय अहमद मियाँलाई बुधबार अपरान्ह पक्राउ गरेको थियो ।

प्रहरीको गस्ती टोलीलाई देख्दा शंकास्पद व्यवहार देखाएकापछि प्रहरीले चेक जाँच गर्ने क्रममा उनको सातबाट दुई थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने म्यागेजिन बरामद गरेको जनाएको छ ।

प्रहरीले अहमदको साथबाट मेडइन यूएसए लेखिएको ७ एमएम लेखिएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने खाली म्यागेजिन एक थान र प्रहरीलाई देख्ने वित्तिकै नजीकै धानखेतमा फालेको फोटरी ब्राटा यूयसए ९ एमएम लेखिएको अर्को स्वचालित पेस्तोल र त्यसमा लाग्ने खाली म्यागेजिन फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज वोहराले जानकारी दिए ।

प्रहरीले उनले प्रयोग गरेको एक थान मोवाईल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका अहमदलाई आजै जिल्ला अदालतमा म्याद थपाई थप अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस