‘नेपाल भ्रमण वर्ष–२०२०’ : ५० औंँ हजार जनसमुदायको बीचमा शुभारम्भ गर्ने घोषणा !

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ मंसिर ६, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ६,काठमाडौँ । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औंँ हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आउँदो जनवरी १ का दिन काठमाण्डौमा ५० औँ हजार जनसमुदायबीच भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन ।

भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्नेगरी तयारी भइरहेको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् । शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर भ्रमण वर्षको शुभारम्भ गर्न झण्डै ४० देशका पर्यटन मन्त्रीहरुलाई नियन्त्रणा गरिएको पनि स्पष्ट पारे ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको पनि बताए । सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ ।

मन्त्री भट्टराईले भ्रमण वर्षलाई लक्षित गरेर नेपाल सरकारले हिमाललाई चढ्न सुविधा दिने योजना बनाईरहेको बताए । माथिल्लो हिमाली भेगमा जानको लागि पैसा लाग्ने गरेकोमा त्यसमा पनि छुट दिने तयारी गरेको र भिसा लगाउने कुरामा पनि केही छुट हुने उनले बताए।

कार्यक्रममा मन्त्री भट्टराईले केही नयाँ हिमालहरुलाई पनि आरोहणको लागि खुला गर्न लागिएको जानकारी दिए ।

उनले भने–,‘हामी केही हिमाल आरोहणका लागि खुला गर्ने योजनामा छौँ । काठमाण्डौ आउने पर्यटकहरु सगरमाथा, अन्नपूर्ण, पोखरा, सौराहाजस्ता चल्तीका पर्यटक गन्तव्य जानुहुन्छ । हाम्रो जोड यसपटक नयाँ पर्यटक गन्तव्यलाई प्रचार गर्नेतर्फ छ।’

ताजा अपडेट

खोजी गर्नुहोस