भक्तपुरमा चार पार्टीका चारसय कार्यकर्ता नेकपामा प्रवेश

Post Thumbnail

मंसिर ८,भक्तपुर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको संघारमा पछिल्लो समय देशभर विभिन्न पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको लर्को नै लागेको छ ।

यसै सवालमा आज भक्तपुर जिल्लामा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राप्रपा तथा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका गरी करिव चार सयभन्दा बढी युवाहरु एक कार्यक्रमकाबीच नेकपामा प्रवेश गरेसँगै ठूलो हलचल भएको छ ।

पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेमा कांग्रेसका क्षेत्रीय नेता, वडाध्यक्षका उम्मेदवार, विप्लव समुहका केन्द्रीय कोषाध्यक्ष, राप्रपाका केन्द्रीय सदस्य, नेमकिपाका जिल्ला नेतासमेत रहेका छन् । नेकपामा प्रवेश गर्नेमा ३० जनाभन्दा बढी युवा इन्जिनियर समेत रहेका छन् । ३० जना इन्जिनियरमा केही पढाई सम्पन्न गरी व्यवसायीको रुपमा आफ्नो कार्य गरिरहेका छन् भने केही इन्जिनियर अध्ययनरत रहेका छन् ।

उक्त पार्टी प्रवेशसँगै आगामी निर्वाचनमा कांग्रेस र नेमकिपामा ठूलै संकट सिर्जना भएको देखिएको छ । निर्वाचनमा झिनो आश बोकेर निर्वाचनमा होमिएका कांग्रेस र नेमकिपालाई उक्त झिनो आशलाई समेत चाँगुनारायणका युवाले निशासामा परिणत गरिदिएका छन् ।

नवप्रवेशीले पार्टी प्रवेश गर्दै आजदेखी नै नेकपाका उम्मेदवार डिपी ढकाललाई विजयी गराउन विना वर्दिको प्रहरी भई लाग्ने उद्घोष गरेका छन् । विकासको सारथी नै नेकपा मात्र भएकाले विकास विरोधी पार्टी परित्याग गरेको नवप्रवेशीले बताएका छन् ।
नेकपाका केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, केन्द्रीय सदस्य, भक्तपुरका सहइन्चिार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, प्रदेश नं. ३ का प्रदेश सदस्य स्वरस्वती बाटी, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, उम्मेदवार डिपी ढकाल, राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बाँस्तोलालगायतका नेताहरुले नवप्रवेशीलाई अविर तथा खादा लगाई स्वागत गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस