बैरेनीबजारमा जन्ती बोकेको बस दुर्घटना : एकको मृत्यु, ४० घाईतेमध्ये १७ को अवस्था गम्भीर

Post Thumbnail

मंसिर ८,काठमाडौँ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस