मेडिकल कलेज सञ्चालक अन्सारीविरुद्ध नेता पराजुली भन्छन– बिद्यार्थीमाथी गरिएको लुट सहन सकिदैन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर ८, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८,विरगञ्ज । नेशनल मेडिकल कलेजका विद्यार्थीहरुमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ।पर्दशनमा अनेरास्ववियुका नेता सुदेश पराजुलीले अखिलले दिनानुदिन कलेजको निरिक्षण गर्ने बताएका छन । उनले बिद्यार्थीलाई मेडिकल कलेजले राती राती गुण्डा लगाएर शोषण र दमन गरिएको भन्दै यस बिरुद्ध कुनैपनि त्याग गर्ने बताए । उनले लाखौलाख असुली गरेर बिद्यार्थीमाथी गरिएको लुट सहन नसकिने बताए ।

अनेरास्ववियूका विद्यार्थी नेताहरुले मेडिकल कलेजका विद्यार्थीहरुलाई कुटपिट गर्ने नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीलाई पक्राउ गर्न माग गरेका छन्। उनीहरु वीरगञ्जको घण्टाघरबाट र्‍यालीसहित नेशनल मेडिकल कलेज अगाडि पुगेर नारावाजी गरेका थिए ।

उनीहरुले मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनमा ऐक्यवद्धतासमेत जनाए। शुक्रबार राति शान्तिपूर्ण आन्दोलन पश्चात नेशनल मेडिकल कलेजका विद्यार्थीहरु होस्टेल फर्किने क्रममा उनीहरु माथि कुटपिट भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस