मोडेल केन्डल जेनरले आफ्ना प्रशंसकलाई जिस्क्याएपछि…

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर ९, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौं । अमेरिकी मोडेल केन्डल जेनरले आफ्ना प्रशंसकलाई जिस्क्याएपछि पश्चिमा मिडियाका लागि ‘गस्सिप’ बनेको छ ।

केन्डलले इन्स्टाग्राममा आफ्ना ‘फ्यान’लाई ‘आफू र डिजे फाइ खाद्रा बिहे गर्नु उचित होला कि नहोला ?’ भन्दै सोधेकी थिइन् । जब कि, प्यालेस्टाइनी-अमेरिकी डिजे फाइ प्रेममा भएको दावी केही मिडियाले गरेका छन् । तर उनीहरुले आफूहरु नजिकका साथी भएको बताउँदैआएका छन् ।

‘फाइ र मैले परिवारको सुरुवात गरौँ भन्ने पक्षमा धेरैजसो छन्,’ २४ वर्षीया सेलिब्रिटीले आफ्ना करोडौं समर्थकलाई इन्स्टाग्राममा सोधिन् । इन्स्टाग्राममा जेनरले आफ्नो भदाहाको तस्बिर पोस्ट गर्दै यस्तो सोधेकी थिइन् ।

जहाँ फाइको तस्बिर पनि ऐनामा देखिन्थ्यो । उनले नै जेनरको तस्बिर खिचेको बताइन्छ । अक्टोबरमा जेनर खाद्राको साथमा जस्टिन विबरको बिहेमा पुगेकी थिइन् । जुन कुरा भाइरल नै बनेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस