‘पहिलो गिरफ्तार मेडिकल माफिया बसुरुद्धिन अन्सारीबाट सुरु गर्नुपर्छ ‘ : नेता पराजुली

Post Thumbnail

मंसिर ९,काठमाडौँ । अनेरास्ववियुका केन्द्रीय नेता सुदेश पराजुलीले ‘विद्यार्थीमाथि कुटपिट गर्ने नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारीलाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन । अनलाईन केन्द्रसंग कुराकानी गर्दै आफूहरूको मुख्य माग अन्सारीलाई पक्रनु रहेको बताए। उनले भने ‘ बसुरुद्धिन अन्सारीलाई गिरफ्तार गरेर सम्पती समेत छानबिन गर्नुपर्छ । नेता पराजुलीले नेकपा नेतासंग फोटो खिचेर फोटो बिकाउने अन्सारी बिद्यार्थी ठग रहेको जिकिर गरे ।

उनले भने–सरकारले तत्काल नेशनल मेडिकल कलेजका सञ्चालकबाट गिरफ्तार सुरु गर्नुपर्छ । सरकारको पहलकदमी स्वागतयोग्य छ । उनलाई ठगी मुद्धामा जेल सजाय हुनुपर्ने माग नेता पराजुलीले गरेका छन ।

अवैध शुल्क फिर्ता गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि कलेज प्रशासनले बन्धक बनाउने र कुटपिट गर्ने गरेपछि आइतबार वीरगञ्जमा अनेरास्ववियुले अखिलका नेता पराजुलीको नेतृत्वमा प्रदर्शन समेत गरेको थियो।

सरकारले तोकेकोभन्दा धेरै शुल्क मेडिकल कलेजहरूले लिएपछि चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा छन्। अवैध शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालय र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए पनि मेडिकल सञ्चालकहरूले अटेरी गर्दै आएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस