काठमाडौँ–केरुङ रेल मार्गबारे नेपाल र चीनका अधिकारीबिच पाँचौँपटक वार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १०, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाडौं । अन्तरदेशीय रेलसेवा निर्माण सम्बन्धी नेपाल–चीन वार्ता मंगलबार काठमाडौँमा हुँदैछ । नेपाल र चीनका अधिकारी अन्तरदेशीय रेलसेवा निर्माण सम्बन्धी छलफलका लागि पाँचौँपटक वार्तामा बस्न लागेका हुन् ।

वार्ता काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रियाअघि बढाउने विषयमा केन्द्रित हुनेछ । वार्ताका लागि चीनको नेशनल रेलवे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटरको नेतृत्वमा २३ सदस्यीय टोली सोमबार नै नेपाल आएको छ ।

नेपाली पक्षको टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गर्नेछन् । वार्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुनेछ ।

वार्ताले काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आवश्यक प्रक्रियाको टुंगो लाउने जनाइएको छ । गएको असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणको क्रममा काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति बनेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस