बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

मंसिर १०, दाङ । दाङको पहाडी भेगमा पर्ने बंगलाचुलीको बचेनीमा मंगलबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने बसका चालकसहित अन्य १२ यात्रु घाइते भएका छन्।

दाङको घोराहीबाट प्यूठानको ढिकावनका लागि छुटेको ना ३ ख ६५४२ नम्बरकाे यात्रुवाहक बस घोराही–प्यूठान सडकखण्डको बचेनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा अन्दाजी २५ वर्षीया महिलाको ज्यान गएको छ। उनको परिचय खुलेको छैन। घाइतेहरुलाई अहिले उपचारका लागि दाङको घोराहीतर्फ ल्याउने काम भइरहेको प्रहरीको जानकारी दिएको छ। बस सडकबाट ५० मिटर तल खसेको छ।

संम्बन्धित समचार

Leave a Reply