वडा नम्बर १४ को आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

मंसिर १०,काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ को आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिविरमा २ सय १० भन्दा बढी सेवाग्राहीले सुविधा लिएको सुधा देवकोटाले बताईन । स्वास्थ्य शिबिरमा जनरल फिजिसियनबाट निशुल्क जाँच गरिएको थियो । शिबिरमा महिला बालबालिका तथा जेष्ठ नागरिकले लाभ लिएका थिए ।

सेचेन क्लिनिक एण्ड हस्पिटलको सहकार्यमा भएको शिविरमा लाइन्स क्लव अफ काठमाडौँ हाईभिजनको सहयोग रहेको थियो । शिबिरमा ब्लड प्रेसर,सुगर,आँखा,नाक,कान घाँटी लगायतको जाँच गरिएको थियो ।

शिविरपछि वडा अध्यक्ष शोभा सापकोटाले वडामा नागरिकको लागी विभिन्न कार्यक्रम निरन्तर रहने बताईन । उनले वडावासीको लागी वडाले विभिन्न कार्यक्रम ल्याउन लागेको समेत बताईन ।

संम्बन्धित समचार

Leave a Reply