डाक्टरलाई ठक्कर दिएर भाग्ने बस र चालक पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ मंसिर १०, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १०, काठमाडौं । एक जनाको ज्या नै जाने गरी आइतबार बिहान बानेश्वरमा पैदल यात्रीलाई ठक्कर दिएर भागेको बस प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बसलाई रामेछापबाट पक्राउ गरिएको हो ।

दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ । तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन् ।

‘पैदलयात्री (मृतक) सँगसँगै सो गाडी क्रस भएको देखिन्छ, मृतक सडक पारि गएको देखिँदैन,’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भने, ‘त्यसकारण दुर्घ टनामा संलग्न सवारी त्यही हो भन्ने किटान गरिएको छ ।’

प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेको बताए । चालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो । गाडी काठमाडौं-रामेछाप रुटको रहेको बताइएको छ ।

बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको थियो । जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस