पुर्वराजाले सहयोगीमार्फत प्रधानमन्त्री ओलीलाई पठाए स्वास्थ्यलाभको सन्देश !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १०, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर १०,काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । एपेन्डीसाइटिसको अप्रेसन पछि स्वस्थलाभ गरेर अस्पतालमा बसिरहेका प्रधानमन्त्री ओलीलाई आफ्ना सहयोगीमार्फत पूर्वराजा शाहले स्वास्थ्यलाभको सन्देश पठाएका हुन् ।
पूर्वराजा शाहको सन्देश बोकेर प्रमुख सचिव पशुपतिभक्त महर्जन मंगलबार राजधानीस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। शाहको सन्देशमा स्वस्थलाभको कामना गरिएको उनका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

नेकपा अध्यक्ष समेत रहेका ओलीलाई शल्यक्रियापछि सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ । उनको अवस्था अहिले स्थिर रहेको अस्पतालले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस