आखिर रणवीर सिंहले किन नगर्ने भए ‘सुपरहिरो’को फिल्म?

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर ११, बुधबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । ऋतिक रोशन र टाइगर श्राफले सुपरहिरोमा आधारित फिल्ममा काम गरेर बलिउडमा चर्चा कमाए । केही समयदेखि बलिउडमा रणवीर सिंहले पनि सुपरहिरो फिल्ममा काम गर्ने चर्चा थियो ।

यतिबेला खबर आएको छ कि, सुपरहिरोको फिल्ममा अभिनय गर्ने अफरलाई रणवीरले इन्कार गरेका छन् ।

उनले यो फिल्म गर्नमा रुचि त देखाएका थिए तर स्किृप्ट चित्त नबुझ्दा फिल्म इन्कार गरे । भारतीय मिडियाका अनुसार रणवीरको टिमले फिल्मको स्किृप्ट चित्त बुझाएन । त्यसैले पनि फिल्म रणवीरले नगर्ने भए ।

यो एक मेगा प्रोजेक्ट थियो । फिल्मलाई मेकर्सले जबरजस्त बनाउने सोचिरहेका थिए । तर रणवीरले इन्कार गर्दा फिल्म नबन्ने सम्भावना देखिएको छ ।

रणवीर यतिबेला रोहित सेट्टीको एक सिरिजमा काम गरिरहेका छन् । पछिल्लो समय उनले एकपछि अर्को हिट फिल्म दिइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस