मंसिर ११, काठमाडौं । काठमाडौं विश्वविद्यालयमा स्थापित कन्फ्युसियस इन्स्टिच्युट र चिनियाँ दूतावासको सक्रियतामा यतिबेला थुप्रै नेपाली विद्यार्थी चीनमा अध्ययनरत छन् ।
एक वर्षे भाषाको आधारभूत ज्ञान र बाँकी चार वर्ष भाषा शिक्षण कार्यक्रममा स्नातक गरेपछि कन्फ्युसियस डेहक्वार्टरले नेपालमा भाषा शिक्षकको काम दिने भनेको छ । नेपालमा प्लस टु गरेका विद्यार्थीका लागि यो निकै आकर्षक प्याकेज हो ।
यस कार्यक्रममा अहिले पाँच सयजति विद्यार्थी संलग्न छन् । चीनमा बस्न र अध्ययन गर्न निशुल्क व्यवस्थासहित मासिक २५ सय युआनको छात्रवृत्ति पनि कन्फ्युसियस डेहक्वार्टरले दिने गरेको छ । खानाका लागि एक हजार युआन खर्च गरेर मासिक १५ सय बचत हुन्छ । यो भनेको २५ हजार रुपैयाँ बराबर हो ।
पढ्न पाइने र मासिक २५ हजार नेपाली रुपैयाँको तलब बराबर जोगिने अनि हरेक वर्ष नेपाल आउजाउ गर्नका लागि निशुल्क टिकट । तर के गर्नु जस्तोसुकै सुविधा र आकर्षण भएपनि मति बिग्रदा एक जना छात्रा यतिबेला घर न घाटको अवस्थामा पुगेकी छन् ।
चितवन माइती भई धादिङको गल्छीमा बिहे गरेकी २३ वर्षीया रमिता (नाम परिवर्तन) महर्जनले साँच्चै रमिता देखाएकी हुन् । चार वर्ष अगाडि आकर्षक छात्रवृत्तिअन्र्तगत बेइजिङ नर्मल युनिभरसिटीमा स्नातक गर्न गएकी थिइन् ।
चीन जानुभन्दा केही अगाडि मात्र बिहे भएको थियो । नन्द पनि सँगै अध्ययन गर्न गइन् । १९ वर्षको उमेरमै बिहे गरेर चीन गएकी उनलाई पढाइ भन्दा शारीरिक आवश्यकताले सताउन थाल्यो । पहिलो दुई वर्ष जसोतसो पढिन् । तर त्यसपछि विभिन्न मुलुकका केटालाई पार्टनर बनाएर आफू बसेको छात्राबासमा ल्याउन थालिन् । बस्न त नन्दसँग बस्थिन् ।
रमिता भने कहिले पेट दुखेको बहानामा त कहिले टाउँको दुखेको बहानामा कोठामै बसिरहन्थिन् । नन्द गएपछि सुटुक्क केटाहरु बोलाउने गर्थिन् । केटा साथीहरु हरेक साताजसो परिवर्तन भइरहन्थे । नन्दले सुइको पाएपनि भाउजुलाई सोध्ने आँट गरिनन् । गत जुनमा विश्वविद्यालयको परीक्षा हुनुभन्दा केही दिन अगाडि रमिता छात्राबासबाट गायब भइन् ।
मोबाइल अफ थियो । मान्छे बेपत्ता भएपछि नन्द र नेपाली साथीहरुले प्रहरीकहाँ रिपोर्ट गर्ने तयारी गर्दैगर्दा वीच्याट सम्पर्कमा आइन् । केटा साथीसँग हिँडेको भन्दै आफूलाई नखोज्न र प्रहरीलाई खबर नगर्न भनिन् । जुलाईको अन्ततिर नन्द र साथीहरु वार्षिक विदामा नेपाल आए । नन्दले भाउजु अर्कैसँग हिँडेको सुनाइन् । घरमा ठूलो आश्चर्य फैलियो । किनभने श्रीमान् र परिवारसँग राम्रो सम्बन्ध थियो ।
केही दिनपछि रमिता पनि काठमाडौंमा देखिइन् । उनले फोन गरेर आफू काठमाडौं आएको जानकारी दिइन् । रमिता नर्वेका २२ वर्षे युवासँग बेइजिङबाट आइपुगेकी थिइन् । ती युवा एक वर्षका लागि चिनियाँ भाषा पढ्न बेइजिङ आएकोमा उसैसँग सोझै नर्वे जाने सोचाई बनाएकी रहछिन् । उनी नेपाली दूतावासमा श्रीमानसँग सम्बन्धबिच्छेद गर्न मिल्छ कि भनेर पनि सोध्न गइन् ।
त्यताबाट नमिलेपछि काठमाडौं आएकी हुन् । उनले सहमतिमै सम्बन्ध विच्छेद गरिन् । यसो गर्दा अंश समेत केही नलिने बताइन् । नर्वे जाने सपनामा वकिलको खर्च ८० हजार रुपैया पनि आफैं बेहोरिन् । कागजपत्र मिलाउन थाल्दा अर्को टन्टा देखियो । उनले बिहे गरेपछि मात्र नागरिकता बनाएकी थिइन् ।
जसमा पतिको नाम उल्लेख थियो । त्यसकै आधारमा पासपोर्ट पनि बनाएकी थिइन् । प्रमाणपत्रमा एउटा र नागरिकतामा अर्को अनि त्यहि नागरिकताअनुसारको नाम पासपोर्टमा भएपछि रमिता नर्वे जानबाट वञ्चित भइन् । केटा साथी भने नर्वे फर्किसकेको छ । सम्बन्ध बिच्छेद गरेकोमा माइती पक्षले पनि राम्रो मानेको छैन । उनी चितवन बस्न नसकेर पूर्वपतिको घर गल्छीकै छेउ बैरेनीमा रहेकी फुपुको घरमा बस्दै आएकी छिन् ।
पूर्वपतिले दसैंलगत्तै अर्को विवाह गरिसकेका छन् । रमिता भने हिजोआज विच्याटमा आफ्ना नर्वेजियन केटा साथीसँग चुम्मा गरेको र अँगालो हालेको प्रोफाइल पिक्चर फेर्दै रमिता देखाएर बसेकी छन् ।
(जनआस्था साप्ताहिकबाट)