-सन्तोष सुवेदी
मंसिर १२,धादिङ । नागढुङ्गा–नौबिसे–मुग्लिन सडक बिस्तार योजना अलपत्र परेको छ । राजमार्गलाई चार लाईनमा बिस्तार गर्ने चर्चा सर्बत्र फैलिरहँदा सम्बन्धित निकाय भने काम कहिले हुने भन्ने विषयमै बेखबर छ । सडकबाट दाँया÷बायाँ २५÷२५ मिटर खाली गर्नुपर्ने हल्ला पहिले देखि नै चलेको भएपनि आजसम्म कुनै काम अगाडी नबढेको सडक डिभिजन कार्यालय भरतपुर चितवन तथा साईट अफिस धादिङ गजुरीका प्रमुख ईन्जिनियर हरि ठकुरीले बताए ।
“अहिले राजमार्ग क्षेत्रका साना ठुला समस्या हेर्दै आईरहेका छौँ, २५ मिटर यही मितीमा आउँछ भनेर हामीलाई पनि जानकारी छैन, सडक ऐन बनेको २०३१ सालमा हो, तर चर्चा चलेजति कामको तयारी भएको छैन” ईन्जिनियर ठाकुरले भने “हामीले सकेसम्म सडकबाट ३१ मिटर दायाँ र बाँया सँरचनाहरु नबनाउनु भनेर नियमित सुचनाहरु भने दिईरहेका छौँ ।”
(काठमाण्डौ–नागढुङ्गा)–नौबिसे–मुग्लिन सडकको वातावरणीय प्रभाव मुल्याङ्कन(ईआईए) प्रतिबेदन समेत तयार भईसकेको छ । यस आयोजनाले काठमाण्डौ, धादिङ, चितवन र गोर्खालाई प्रत्यक्ष प्रभाव पार्ने छ । यस आयोजना काठमाण्डौ (नागढुङ्गा) बाट सुरु भएर मुग्लिनमा पुगेर अन्त्य हुनेछ । सो सडक खण्डकोे दुरी नागढुङ्गा देखि मुग्लिन सम्म ९६ कि. मि. रहेको छ । सडक आयोजना साविक पृथ्वी राजमार्ग खण्डअन्तर्गत नागढुङ्गा, नौबिसे, खानीखोला, महादेबेशी, गल्छि, बैरेनी, मलेखु, बेनिघाट, कुरिनटार हुँदै मुग्लिन सम्म रहेको छ ।
साथै सिस्नेखोला–धार्के सडक करिव ११.२ कि. मि.को नयाँ राजमार्ग सिस्ने खोलाबाट सुरु भई महेश खोलाको दाहिने किनार हुँदै धार्के छिचोलिने र बिशालटार देखि फिस्लिङ सम्म करिव १५.३ कि.मि त्रिशुली नदीको दायाँकिनार गोरखा जिल्लामा नयाँ राजमार्ग बिश्व बैकले निर्माण गर्ने बताएपनि अहिले सम्म कुनै काम हुन नसकेको ईन्जिनियर कृष्ण खड्काले बताए ।
प्रस्तावका रुपमा रहेका साविकको पृथ्वीराजमार्ग अन्तर्गत सँचालनमा रहेका चारवटा पुलहरु खहरेखोला पुल, हुग्दीखोला पुल, गोमती खोलापुल र चरौँदीखोला पुल थप नयाँ निर्माण गरी सँचालनमा ल्याईने योजना पनि अलपत्र परेको छ ।
समुन्द्रि सतहबाट करिव १५ सय मिटरको उचाईमा अबस्थित काठमाण्डौको नागढुङ्गाबाट आयोजना सुरु भई करिव २ सय ६५ मिटरमा अबस्थित मुग्लिनमा आयोजनाको अन्त्य हुनेछ । यस सडक खण्ड सफल भएको अबस्थामा ९६ कि. मि. लम्बाई रहेको यस काठमाण्डौ (नागढुङ्गा)–नौबिसे–मुग्लिन सडकले सर्वसाधारणहरुको लागी पहुँचमा सरलता, समयको बचत तथा सुरक्षित यात्रा प्रदान गर्नेछ ।