‘चौतारीको बर’ करोड क्लबमा प्रवेश

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर १२, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौं । गायक विक्रम परियार र सुमित्रा तामाङले गाएको लोक दोहोरी गीत ‘चौतारीको बर’ एक करोडभन्दा बढी पटक हेरिएको छ ।

बसन्त थापाको संगीत, नकुल ढकालको शब्द तथा आशिष अविरलको एरेन्ज रहेको यस गीतलाई दर्शकहरूले अत्यधिक मन पराइरहेका छन् ।

यसअघि सालको पात, लालुमैलगायतका लोकगीत करोड क्लबमा पुगिसकेका छन् ।

यूट्युबमा यति धेरैपटक लोक गीतका भिडियो हेरिनुलाई उनले सुखद् ठान्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस