एडमार्क कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

Post Thumbnail

मंसिर १२,काठमाडौँ । राजधानीको कलंकीमा रहेको एडमार्क एकेडेमीले बिहिबार रक्तदान कार्यक्रम गरेको छ । एडमार्क एकेडेमीमा बिएसडब्युलु तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको आयोजना तथा एडमार्क एकेडेमीको संयोजनमा भएको रक्तदान कार्यक्रममा ८० जना छात्रछात्राले रगत दान गरेका थिए ।

जसमा छात्रतर्फ ५८ जना र छात्रातर्फ २२ जनाले रगत दान गरेका थिए । रगतदान पछि विद्यार्थीहरुले रगतदान गर्न पाउदा खुसी लागेको बताए । एडमार्क कलेजका अध्यक्ष पुरुषोतम अधिकारीले कलेजमा यी र यस्ता गतिविधिले विद्यार्थीहरुमा शैक्षिक चेतना संगै सामाजिक गतिविधि गर्ने बानीको विकास हुने बताए ।

उनले भने–बिद्यार्थीहरु आफै यो रगतदान कार्यक्रममा सक्रिय भएका हुन् । उनिहरुको इच्छालाई कलेजले संयोजनमात्रै गरिदिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस