त्रिचन्द्र क्याम्पस नौ करोड घाटामा, ११० प्रतिशत शुल्क वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १३, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १३, काठमाडौं । देशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस नौ करोड रुपैयाँ घाटामा गएपछि क्याम्पस प्रशासनले शिक्षण शुल्क ११० प्रतिशतले बढाएको छ । क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ ।

त्रिचन्द्रले विज्ञान र मानविकी संकायतर्फको शिक्षण शुल्क बढाएको जनाएको छ । विज्ञान र मानविकी संकायमा बढी आर्थिक भार बढेपछि विद्यार्थीलाई जानकारी गराएरै शुल्क बढाइएको सहायक क्याम्पस प्रमुख जनक ढुंगानाले जानकारी दिए ।

उनका अनुसार गत वर्ष क्याम्पसले १ करोड ६४ लाख रुपैयाँ घाटा बेहोरेको छ । लामो समयदेखि शुल्क समायोजन नहुँदा विद्यार्थीबाट उठेको अधिकांश रकम करारका शिक्षकको तलबमा खर्च भएपछि शुल्क वृद्धि गरिएको ढुंगानाले बताए ।

ढुंगानाले भने, ‘स्थायी शिक्षक टीयूबाट नियुक्त नै हुँदैनन् । अनि, यहाँका स्थायी शिक्षकले अवकाश पाएपछि करारका शिक्षकलाई तलब खुवाउनुप¥यो । शुल्क समायोजन नभएको पनि धेरै समय भएकाले शुल्क बढेको हो ।’ हाल त्रिचन्द्र क्याम्पसमा १४ हजार विद्याथी अध्ययनरत् छन् ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । समन्वयबिना र हचुवामा शुल्क बढाएको आरोप विद्यार्थीले लगाएका छन् । अनावश्यक रूपमा शिक्षकलाई राजनीतिक दबाबका कारण करारमा नियुक्त गरिएको विद्यार्थीको आरोप छ ।

विद्यार्थीले क्याम्पस प्रशासनकै संलग्नतामा आर्थिक हिनामिना भएपछि क्याम्पस ऋणमा डुबेको बताएका छन् । विद्यार्थी नेता अशोक भण्डारीले वृद्धि गरिएको शुल्क फिर्ता नभएपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको बताए । भण्डारी भन्छन्, ‘हाम्रा माग विद्यार्थीमैत्री छन् । शुल्क वृद्धि कदापि मान्य हुँदैन ।’ राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस