ललितपुरलाई साइकल सिटी बनाउने योजना, लेन निर्माण सुरु

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ मंसिर १३, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १३, ललितपुर । ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गर्न थालेको छ । ललितपुरलाई साइकल सिटी बनाउने योजना अन्तर्गत महानगरले साइकल लेन निर्माण गर्न लागेको हो । साइकल लेन निर्माणको औपचारीक थालनी शनिबारदेखि हुने भनिए पनि काम भने बिहीबार रातिदेखि नै सुरु गरेको छ ।

साइकल लेन निर्माणको पहिलो चरणमा कुपण्डोल—पुल्चोक—जावलाखेल—लगनखेल—मंगलबजार—पुल्चोकसम्म लेन निर्माण गरिनेछ । शनिबार बिहान ८ बजे स्थानीय वासिन्दा, साइकलप्रेमी , जनप्रतिनिधिहरू, कर्मचारीलगायत साइकलसहित पुल्चोकस्थित महानगर कार्यालय परिसरमा जम्मा हुने कार्यक्रम रहेको छ । साइकल ¥याली पुल्चोक, कृष्ण गल्ली ,हरिहरभवन हुँदै कुपण्डोल पुग्नेछ ।

साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्न लेन बनाउन लागिएको नगरप्रमुख चिरिबाबु महर्जनले बताए । उनले भने, ‘ साइकलको प्रयोगलाई प्रोत्साहित गर्नसके वातावरण जोगाउन सकिन्छ, साइकलमैत्री सडकमा प्रदूषण कम हुन्छ, सहर सफा हुन्छ ।’ उनले वातावरण संरक्षणमा साइकलको प्रयोग महत्वपूर्ण हुने स्पष्ट पारे । महानगरको वातावरण, पानीका मुहान संरक्षण र हरियाली प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेकोे बताए ।

नगरप्रमुख महर्जनले ललितपुरलाई साइकल सिटी बनाउन लेनको योजना अघि बढाएको बताए । महानगरले साइकल लेन निर्माण कार्यदलका संयोजक तथा वडा नं १३ का वडा अध्यक्ष गणेश केसीलाई तोकेको छ । महानगरको पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट चारवटा साइकल लेन बनाउने योजना छ ।

अन्य सवारीसाधनसँग मिलेर चलाउनुपर्ने, डेडिकेटेड (साइकलका लागि मात्रै छुट्याइएको) गरी दुई किसिमले साइकल लेन बनाइने महानगरका पूर्वाधार निर्माण महाशाखाप्रमुख रुद्र गौतमले बताए । प्रायटरायजमा चार दशमलव ५७ किलोमिटर पर्छ ।

महानगरले साइकल लेन निर्माणका लागि गएको भदौ २ गते रमित कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार चैत मसान्तमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । ललितपुर महानगर पहिलो साइकल मैत्री सहर हुने नेपाल साइकल सोसाइटीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस